१४ पुष २०७५, शनिबार

काठमाडौं । हत्या अभियोगमा पक्राउ परेका मेयर जेलबाट छुटेपछि भोलि आइतबार सार्वजनिक विदा हुने भएको छ ।

मेयर शियाराम कुशवाहा जेलबाट छुटेर रौतहट पुगेपछि कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको हो । उनी हेलिकोप्टर चढेर रौतहट पुगेका छन् । कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा अदालतनको फैसलाबाट सफाई पाई निर्दोष सावित भएको खुसीयालीमा भोलि विदा रहने भन्ने सूचनाव्यनगरपालिकाद्धारा प्रकाशित गरिएको छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV