१४ पुष २०७५, शनिबार

पाल्पा । नेपाल राष्ट्र वैकका गभर्नर डा. चिरञ्जीवी नेपालले कुल जनसंख्याको ५५ प्रतिशत जनताले अझै पनि बैँकलाई उपयोग गर्न नसकेको दावी गर्नुभयो । पाल्पाको अर्गलीमा नेपाल क्रेडिड एण्ड कमर्स वैक लिमेटडको शाखा शुभारम्भ गर्दै गभर्नर नेपालले जनतामा बैँक तथा वित्तिय ज्ञान नभएका कारण घर घरमा पैसा राख्नुपरेको प्रष्ट पार्नुभयो ।

बैँकको उपयोग गर्न नजान्दा विदेशमा श्रमिक बन्नु परेको भन्दै सबै स्थानीय तहमा बैंक आवश्यक रहेको गभर्नर नेपालको तर्क थियो । जनतालाई आर्थिक रुपले बलियो बनाउन बैँकको महत्वपुर्ण हात रहेको गर्भनर नेपालको भनाइ छ ।

उहाँले हालसम्म ६ सय ८६ स्थानीयतहमा राष्ट्रिय स्तरका बैँककको पहुच पुगेको र अन्य स्थानमा पुर्वाधार सुरक्षाको कारण बैँकहरु जान नसकेको प्रष्ट पार्नुभयो । सो अवसरमा बैकका कार्यकारी निर्देशक रमेशराज अर्यालले वित्तिय श्रोत र साधनलाई सहि ठाउँमा परिचालन गरे आर्थिक समुन्नत हुने बताउनुभयो ।

अहिले बैंकको १ सय २२ स्थानमा शाखा संचालनमा छन् । बंैकले वित्तिय श्रोत साधनलाई परिचालन गरी उद्योग व्यबसाय, व्यापारलाई जोड दिने गरी कर्जा सहज र सरल बनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV