१४ पुष २०७५, शनिबार

काठमाडौं । जमिन मुनी बस गाढेर सुरुङ निर्माण गरिएको छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, क्यानाडाका एक नागरिकले आफ्नो घर मुनी पुराना बस गाढेर सुरुङ निर्माण गरेका छन् ।

यिनी ब्रुस बिच । अहिले उनी क्यानाडामा चर्चाको पात्र बनेका छन् । सन् १९८० मा शित युद्ध चलिरहँदा अमेरिका र उत्तरकोरियाबीच हुन सक्ने आणविक आक्रमणबाट बच्नका लागि भन्दै उनले पुराना बसलाई जमिनमुनी गाढेर सुरुङ बनाएका हुन् ।

दश हजार स्क्वायर फिटको जमिनमा उनले ४२ वटा पुराना स्कुले बस राखेर त्यसमाथि घर निर्माण गरेका थिए । ३८ वर्ष लगाएर बनाइएको सुरुङमा ३ सय ५० भन्दा बढी मानिस बस्न सक्छन् ।

आर्क टु नाम दिइएको सुरुङमा आपत्कालिन अवस्थामा प्रयोग गर्ने हरेक सामग्री उपलब्ध छ । सिंगापुर शिखर वार्तापछि अमेरिका र उत्तरकोरियाबीच युद्ध नहुनेमा विश्व विश्वस्त भएपनि ब्रुस भने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV