१४ पुष २०७५, शनिबार

काठमाडौ । भक्तपुर प्राविधिक तालिक केन्द्रका विद्यार्थीको आन्दोलन रोक्ने भन्दै केन्द्रसँग पैसा लिने विद्यार्थी नेताहरु कारवाहीमा परेका छन् । सिटीइभिटीले तोकेको भन्दा बढि शुल्क लिएपछि केन्द्रमा अध्ययनरत विद्यार्थी आन्दोलित बनेका थिए ।

विद्यार्थीको आन्दोलनमा सहयोग गरेको नाटक गरेर अनेरास्ववियु सिटिइभीटि रास्ट्रिय कमिटि अधयक्ष रमेश सिंह ठकुरी,अखिल क्रान्तिकारी सिटिइभिटि उपत्यका अध्यक्ष नुर्बु लामा, नेपाल विद्यार्थी संघ सिटिइभीटि समन्वय समितिका केन्द्रीय सह संयोजक महेन्द्र हमालले कलेज सञ्चालक सिन्धु मल्लसँग ४ लाख रुपैयाँ लिएको न्युज२४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँगले देखाएको थियो ।

कार्यक्रममा जवाफ दिदै अनेरास्ववियुका महासचिव ऐन महरले विद्यार्थी आन्दोलनका नाममा अनेरास्ववियुका नेताले पैसा लिएको विषयमा लज्जित भएको बताउँदै तत्काल कारवाही गर्ने बताएका थिए । सोहि अनुरुप अनेरास्ववियुले अनेरास्ववियु सिटिइभीटि रास्ट्रिय कमिटि अधयक्ष रमेश सिंह ठकुरीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

यस्तै अखिल क्रान्तिकारीले पनि अखिल क्रान्तिकारी सिटिइभिटि उपत्यका अध्यक्ष नुर्बु लामालाई आन्दोलनको दुरुपयोग गरी आर्थिक अनियमीततामा संलग्न भएको भन्दै संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । तर नेपाल विद्यार्थी संघ सिटिइभीटि समन्वय समितिका केन्द्रीय सह संयोजक महेन्द्र हमालमाथि भने नेपाल विद्यार्थी संघले कुनै कदम उठाएको छैन ।

भक्तपुर प्राविधिक तालिक केन्द्रमा भने विद्यार्थी र कलेजविच सहमतीपछि विद्यार्थी कलेज फर्कीएनका छन् । कलेजले पढि लिएको शुल्क फिर्ता गर्ने,कलेज र होस्टेलको वातावरणमा तत्काल सुधार गर्ने सहमती भएपछी पढाइमा फर्र्किएको विद्यार्थीले बताएका छन् ।
विद्यार्थीको आन्दोलनका रोक्नविद्यार्थी संगठनका नेताहरुलाई पैसा बुझाउने कलेज माथि सिटीइभीटीले छानविन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV