१४ पुष २०७५, शनिबार

पोखरा । आहा रारा गोल्डकप फुटबलको १७ औं संस्करण फागुन दोस्रो साताबाट आयोजना हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ९ गते देखि १८ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।

खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ नाराका साथ आयोजना हुने प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा विदेशी, ‘ए’ डिभिजनका क्लब, पूर्व र पश्चिम क्षेत्र टिम र आयोजक सहारा क्लब पोखरा रहनेछन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा प्रतियोगिता पोखरा रंङ्गशालामा हुनेछ ।

विगत १७ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुने रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV