१४ पुष २०७५, शनिबार

काठमाडौँ । फिल्म ‘बोबी २’ बन्ने भएको छ । बास्तविक प्रेम कथामा आधारीत फिल्म ‘बोबी’ को बाँकी कथा ‘बोबी २’ मा देखाउने भएको छ ।

फिल्म बोबी २ को निर्माण तथा निर्देशन मिलन चाम्सले गर्नेछन् । निर्माता तथा निर्देशक चाम्सका अनुसार ‘बोबी २ मा उमेशको संघर्ष र सफलताको रोचक कथा हुनेछ । नरेश भट्टराई र गिरीराज घिमिरेले स्क्रिप्ट लेख्नेछन् भने छायाँकन सुदीप बरालले गर्नेछन् । फिल्म  फिल्मको सम्पूर्ण छायाँकन नेपाल र नर्वेमा हुने चाम्सले बताए । बोबी २ को छायाँकन चैतको पहिलो सातादेखि सुरु हुने भएको छ ।

फिल्ममा कविता गुरुंग, उमेश थापा, छोरा एलिश थापासंगै कलाकार विजय लामाको अभिनय रहनेछ । उमेश र कविताको ‘बोबी’लाई देश तथा विदेशका दर्शकले रुचाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV