१४ पुष २०७५, शनिबार

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रर्दशन गरिएको छ ।

विवेकशील–साझा पार्टीको अगुवाईमा बालुवाटारमा गरिएको प्रदर्शनका सहभागीले पाँच महिना बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । ‘न्याय मर्न र सत्य हार्न’ नदिने भन्दै उनीहरुले शान्ति–सुरक्षाको प्रत्याभूति दिन प्रहरीसहित गृहमन्त्री असक्षम भएको दाबी गरेका थिए । ‘निर्मलाका निम्ति न्याय’ भन्दै देशभर आवाज उठाइए पनि प्रहरीले दोषी पहिचान गर्न सकेको छैन । अनुसन्धानको नाममा निर्दोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउने प्रयास गरेपछि प्रहरीको झनै आलोचना भइरहेको छ ।

पछिल्लो समय प्रहरीले अपराध कबुल गर्न प्रदीप रावल र विशाल चौधरीलाई यातना दिएको भन्दै अधिकारकर्मीले मानवअधिकारप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV