१४ पुष २०७५, शनिबार

काठमाडौ । भक्तपुर प्राविधिक तालिम केन्द्र/कलेज विद्यार्थीको आन्दोलन रोक्ने भन्दै केन्द्रसँग पैसा लिने विद्यार्थी नेताहरु कारवाहीमा परेका छन् ।

सिटीइभिटीले तोकेको भन्दा बढी शुल्क लिएपछि केन्द्रमा अध्ययनरत विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलनमा सहयोग गरेको नाटक गरेर अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटीका अधयक्ष रमेश सिंह ठकुरी, अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामा, नेपाल विद्यार्थी संघ सिटिइभिटी समन्वय समितिका केन्द्रीय सह संयोजक महेन्द्र हमालले कलेज सञ्चालक सिन्धु मल्लसँग ४ लाख रुपैयाँ लिएको न्युज२४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँगले पर्दाफास गरेकाे थियो ।

 विद्यार्थी उचाल्दै ४ लाख लिने नेताहरुको Exclusive पर्दाफास/निर्मलाका दोषी बनाइए विशाल र प्रदीप ! (भिडियो)

 

कार्यक्रममा जवाफ दिँदै अनेरास्ववियुका महासचिव ऐन महरले विद्यार्थी आन्दोलनका नाममा अनेरास्ववियुका नेताले पैसा लिएको विषयमा लज्जित भएको बताउँदै तत्काल कारवाही गर्ने बताएका थिए ।

सोहीअनुरुप अनेरास्ववियुले अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटी अधयक्ष रमेश सिंह ठकुरीलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

यस्तै अखिल क्रान्तिकारीले पनि अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामालाई आन्दोलनको दुरुपयोग गरी आर्थिक अनियमीततामा संलग्न भएको भन्दै संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

तर नेपाल विद्यार्थी संघ सिटिइभिटी समन्वय समितिका केन्द्रीय सह-संयोजक महेन्द्र हमालमाथि भने नेपाल विद्यार्थी संघले कुनै कदम उठाएको छैन ।

भक्तपुर प्राविधिक तालिक केन्द्रका विद्यार्थी र केन्द्रबीच सहमतिपछि विद्यार्थी कलेज फर्किएका छन् । कलेजले बढी लिएको शुल्क फिर्ता गर्ने, कलेज र होस्टेलको वातावरणमा तत्काल सुधार गर्ने सहमति भएपछि पढाइमा फर्किएको विद्यार्थीहरुले बताएका छन् ।

संबंधित इमेज

विद्यार्थीको आन्दोलन रोक्न विद्यार्थी संगठनका नेताहरुलाई पैसा बुझाउने कलेजमाथि सिटीइभीटीले छानबिन गरिरहेको र अावश्यक परे कारबाही गर्ने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV