१४ पुष २०७५, शनिबार
  • भगिश्वर लिम्बू

तेह्रथुम । जिल्लाको माथिल्लो क्षेत्रमा शुक्रबार अपरान्हदेखि हिमपात भएको छ । झरीसँगै हिमपात शुरु भएपछि त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र पटेकडाडा, तीनजुरे, मंगलवारे, गुफा, मिल्के लगायतका क्षेत्रमा अहिले हिउँ परेको छ । संखुवासभाको चौकी बजारमा पनि वाक्लो हिउँ परेको स्थानीय कुमार तामाङले बताए ।

बजार सहित आसपासका लेकाली वस्तीमा पानी संगै वाक्लो हिउँ परेकाले स्थानीय घरबाहिर निस्किन सकेका छैनन् । एक्कासि हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा शेर्पाले बताए ।

 

हिमपात भए पछि स्थानीयबासी, पर्यटक, बटुवा र घरपालुवा पशु-पंक्षीलाई सास्ती भएको चौकी बजारका ब्यापारी रामबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार हिमपात भएपछि बजार, पसल सबै सुनसान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV