१४ पुष २०७५, शनिबार

एजेन्सी । केही समयअघि बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई चीर प्रतिद्वन्द्वीका रुपमा लिइने गरेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले  इटालियन क्लब आउन सुझाव दिएका थिए ।

राेनाल्डाेले  इटालियन दैनिक पत्रिका ‘ला गाजेटा डेलो स्पोर्टस’सँगकाे अन्तर्वार्तामा  मेस्सीलाई  स्पेनिस क्लब बार्सिलोना छाडेर इटाली आउन  चुनौती  समेत दिएका थिए ।

राेनाल्डाेकाे उक्त सुझावलाई मेस्सीले जवाफ दिएका छन् । स्पेनिस पत्रकार मार्कालाई अन्तर्वार्ता दिँदै मेस्सीले आफूलाई टिम परिवर्तन आवश्यक नरहेको र लिग पनि परिवर्तन नगर्ने बताए ।

मेस्सीले भनेका छन्, ‘रोनाल्डोको चुनौती स्वीकारेर इटाली जाने कुरा ? म आफूलाई परिवर्तन गर्न चाहँदिन । मलाई कुनै परिवर्तन आवश्यक छैन । म घरमै छु ।’ उनले आफ्नाे चुनौतीहरू हरक वर्ष बढिरहेकाे पनि बताए ।

यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले इटालियन दैनिक पत्रिका ‘ला गाजेटा डेलो स्पोर्ट’ससँग अन्तर्वार्तामा  स्पेनिस क्लब बार्सिलोना छाडेर इटाली आउन मेस्सीलाई चुनौती दिएका थिए ।

उनले  भनेका थिए, ‘मलाई लाग्छ मेस्सी मलाई मिस गरिरहेका छन् । मैले इंग्ल्याण्ड, स्पेन, इटाली, पोर्चुगलबाट खेलिसकेको छु । उनी भने जहिले स्पेनमा मात्रै छन् । उनलाई अझै मेरो खाँचो छ।’

रोनाल्डोले इंग्ल्यान्ड, स्पेन, इटाली तथा राष्ट्रिय टोली पोर्चुगलबाट खेलिसकेका छन् भने मेस्सी हालसम्म कुनै क्लब र लिग परिवर्तन गरेका छैनन् ।  मेस्सीले बारम्बार भन्ने गरेका छन्, कि उनी बार्सिलोनाबाट आफ्नो खेल जीवन अन्त्य गर्न चाहन्छन् । रोनाल्डोले रियल मड्रिडमा ९ वर्ष बिताका थिए ।

मेस्सीले यो सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरिसकेका छन् । साथै १३ गोल उनकै सहयोगमा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV