१४ पुष २०७५, शनिबार

पाँचथर । फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ। त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको छ।

तस्वीर : नागरिक दैनिक

पुसको चिसोमा समेत विहानै फाेहोर उठाउने ट्याक्टर चलाउदै वार्ड अध्यक्ष टोल टोल पुगेको फोटो यतिवेला समाजिक सञ्चालमा चर्चित बन्दै गएको छ। फोहोर उठाउनका लागि फिदिम नगरपालिकाका ट्रिपर र ट्याक्टर रहेका छन्। पछिल्ला दिनमा ट्याक्टर चलाउने ड्राइभर कुमार खवास विरामी भएकाले ४ नम्बर वार्डको अध्यक्ष भएपनि फिदिम–१ काे मुख्य बजार लगायतका ठाँउमा फोहोर उठाउन उनी सक्रिय छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV