१३ पुष २०७५, शुक्रबार

किन्शासा । सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ ।

निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गर्नुभयो ।

कङ्गोमा राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरे पनि सुनिश्चत नभएपछि विवाद चर्किदै गएर विपक्षीहरू आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्रपति काबिलाले निर्धारित समयमै निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको अल जजिरा च्यानलले जनाएको छ ।

राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राष्ट्रपतिको रूपमा रहनुभएको छ । उहाँले निश्पक्ष, स्वतन्त्र निर्वाचन गराउनेमा विपक्षीहरूले आशङ्का व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV