१३ पुष २०७५, शुक्रबार

मोरङ । मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा भारतीय बजार नजिक भएपनि सर्वसाधारणलाई सामान किनेर ल्याउन र लैजान समस्या पर्ने गरेको छ ।

द्वन्द्वकालमा विस्थापित मोरङका छोटी भन्सार चल्न नसक्दा मोरङका स्थानीयलाई आवतजवात तथा समान ओसारपसारमा समस्या भएको हो । भन्सार कार्यालय नभएकै कारण स्थानीयले भन्सार तिरेरै सामान ल्याउन पनि करिब २५ किलोमिटर टाढा विराटनगर भन्सार कार्यालय पुग्नु पर्ने बाध्यता छ । स्थानीयको समस्यालाई दृष्टिगत गरेर रंगेली वा मायागंज छोटी भंसार कार्यालयको स्तरवृद्धि गरी सामान आयात निर्यात गर्न लागिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

छोटी भंसार कार्यालयबाट हाल ५ हजार रुपैयासम्मका मालसामान आयात निर्यात गर्न मिल्न व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV