१३ पुष २०७५, शुक्रबार

सुभा । फिजीमा घरेलु हिंसाका कारण सन् २०१८ मा पाँच महिलाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

फिजीका महिलाको सङ्कट केन्द्र ९एफडब्लूसीसी०ले शुक्रबार दिएको जानकारीअनुसार महिलाविरुद्ध हुने घरेलु हिंसाको अवस्था अझै पनि चिन्ताजनक अवस्थामै रहेको छ ।

सो संस्थाकी संयोजक शामिमा अलिले घरेलु हिंसामा परी मृत्यु भएकामध्ये अधिकाँशको हत्या उनीहरूका श्रीमान्बाट भएको बताउनुभयो ।

देशभरी भएका अन्य कैयौँ हिंसाका घटनामा परी ठूलो सङ्ख्यामा महिला घाइते पनि भएको विवरण आफूहरूसँग रहेको उहाँको भनाइ छ ।

महिलाविरुद्ध हुने हिंसा नियन्त्रण फिजीमा अझै पनि चुनौतीपूर्ण कार्य नै रहेको अलिले बताउनुभयो । उहाँले आफ्नो कार्यालयमा आएका उजुरी तथा सूचनामध्ये झण्डै ४० प्रतिशतलाई प्रहरीसमक्ष लगिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV