१३ पुष २०७५, शुक्रबार

काठमाडौँ । भा रोत्तोलनका कमल बहादुर अधिकारी र करातेकी अनु अधिकारी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको १३ औँ एनएनआइपीएल अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

अवार्डमा पाउने महिलातर्फ अनु र पुरुषतर्फ कमल सर्वोत्कृष्ट घोषित भएका हुन् । ललितपुरको पाटनस्थित पाटन दरबार संग्राहलयमा शुक्रवार एक कार्यक्रमकोबीच पुरस्कार वितरण गरिएको थियो । जनता बैंकद्वारा प्रयोजित नगद एक एक लाख उनीहरु जनही वितरण गरिएको जनाईएको छ ।

त्यसअघि विभिन्न २९ खेलका २९ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट खेलाडीले १० १० हजार प्राप्त गरे। सम्बन्धित खेल संघले ५ तथा एनएनआइपीएले ५ हजार प्रदान गरेको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV