१३ पुष २०७५, शुक्रबार

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको कारण नसर्ने रोगहरु रोकथाम एउटा गम्भीर समस्या रहेको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णु दत्त पौडेलले बताएका छन् ।

राजधानीस्थित् नेपाल टेलिकम र क्यान्सर काउन्सिल नेपालको आयोजनामा सुर्तीजन्य पदार्थको असर र क्यान्सर तथा मुटु रोगसम्बन्धि अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै मानिसहरु जागरुक हुनुपर्ने कुरा डा. पौडेलले बताएका हुन ।

सन् २०१७ मा फ्रान्समा दृद इच्छा शक्तिका कारण १० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिदै जनचेतनामूलक कार्यक्रम मार्फत सुर्तीजन्य पदार्थ रोकथाम गर्न सकेमा नसर्ने रोगहरु रोकथाम गर्न सुकिने कुरा डा. पौडेलले बताए ।

नेपालमा सुर्तीजन्य पदार्थ कै कारणले गर्दा मुटु, क्यान्सर, दम लगाएत विभिन्न किसिमको रोग लाग्ने हुँदा मानिसहरुले अकालमा ज्यान गुमाएको र उपचारको लागि लाखौं रुपैयाँ खर्च हुने गरेको बताए ।

प्रा. डा. पौडेल अनुसार सुर्तिजन्य पदार्थ बिरुद्ध ऐन २०६८ प्रभावकारी कार्यानवयनको लागि सरोकारवालाहरु सँगै नागरिक समाजले पनि जागरुकता देखाउनुपर्ने कुरा बताए । बिकसित देशमा जनचेतनाका कारणले गर्दा सुर्तिजन्य पदार्थको प्रयोगमा कमी र क्यान्सर तथा नसर्ने रोगहरुबाट मर्नेको संख्यामा पनि कमि आएको कुरा बताए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र लाल कडरियाले मानिसहरुमा प्राप्त ज्ञानको जानकारी नहुनु र स्वास्थ्य सेवाको अभावले गर्दा क्यान्सर रोगले मानिसहरु ग्रसित भएपछिमात्र अस्पताल आइपुग्ने कुरा बताए जसले गर्दा उपचार खर्च पनि बढी र उपचारको प्रभावकारिता पनि कम हुने कुरा कडरियाले प्रष्ट पारे ।

एनका अनुसार क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि विद्यालय उमेरका युवा युवतीहरु लक्षित गरि देशव्यापी रुपमा जनचेतनामुलक कार्यव्रmम संचालन गर्ने प्रतिबद्धता जनाए ।

नेपाल टेलिकमका प्रबन्धक प्रतिमा वैधले क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णु दत पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोगथामका बारेमा प्रष्ट पारिदिएकोमा प्रशंसा गर्दै धन्यवाद दिईन ।

उहाँका अनुसार नेपालमा क्यान्सर रोग रोगथामको लागि नागरिक पनि सचेत हुनु पर्ने कुरा उक्त कार्यक्रम मार्फत जानकारी पाएकोमा खुसी व्यक्त गरिन् ।

त्यस्तैगरि नेपाल टेलिकमका सञ्चार प्रबन्धक रिना डंगोलले नेपाल टेलिकम पनि क्यान्सर काउन्सिल नेपाल सँग सहकार्य गरि सुर्तिजन्य पदार्थ रोगथामको लागि देशव्यापी रुपमा अभियान संचालन गर्ने कुरा प्रतिबद्धता जनाईन्। उनका अनुसार नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुसार विभिन्न किसिमको सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV