१३ पुष २०७५, शुक्रबार

काठमाडौं, १३ पुष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितका लागि निर कुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे ।

यता, थ्री स्टारका आबाङ अल्बर्टले भने सान्त्वना गोल गरेका थिए । हारसंगै थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको थ्री स्टारले ११ खेलबाट २३ अंक जोडेको छ ।

पुलिस १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यस्तै आज भएको पहिलो खेलमा त्रिभुवन आर्मीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV