१३ पुष २०७५, शुक्रबार
  • रामहरि श्रेष्ठ,

राष्ट्रिय पुननिर्माण प्राधिकरणले ओखलढुंगामा निमार्ण गरिरहेको बिद्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरण अन्तरगत केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जिल्लाका बिभिन्न १९ स्थानमा निर्माण गरेको बिद्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भूकम्प आपतकालीन सहायता कार्यक्रम अन्तर्गत २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका बिद्यालय भवनहरु पुर्ननिमार्ण गरिएको हो ।

एशियाली बिकास बैँक एडीबीको आर्थिक सहयोगमा निमार्ण भैरहेको बिद्यालय भवन मध्ये २ स्थानको बिद्यालय भवन निमार्ण सम्पन्न भइ बिद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख डिल्लीराम लुईटेलले जानकारी दिनुभयो ।

भूकम्पले क्षति पुर्याएका बिद्यालयहरु मध्येबाट छनोट गरेर निर्माण गरिएका बिद्यालय भवनहरु भूकम्प प्रतिरोधी तथा अपांगता मैत्री निर्माण भएका छन् । भूकम्पपछि टेन्ट तथा अस्थायी टहरामा पठनपाठन गराउदै आएको बिद्यालयहरुलाई केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले अपांगतामैत्री तथा सुबिधासम्पन्न भवन निमार्ण गरिदिएपछि पठनपाठनमा सहज हुने सरस्वती मध्यमिक बिद्यालय खानीभञ्ज्याङका प्रध्यानाध्यापनक नेत्र बहादुर थापाले बताउनु भयो ।

विद्यालयमा प्राविधिक धारको पठनपाठन सुरु गर्ने विद्यायहरुलाई सोही अनुसारको कक्षाकोठा निमार्ण गरिएको छ । हाल जिल्लाका मुलखर्क, श्रीचौर, वाक्सा, पलापु, सिंहदेबी, बिगुटार, बेतिनी, जन्तरखानी, फुलवारी लगायतका स्थानमा बिद्यालय भवन बन्दैछन् । इकाईले ओखलढुंगाको रुम्जाटार र रामपुरमा रहेको माध्यमिक बिद्यालयलाई समेत नमुना बिद्यालय बनाउन एक बिद्यलाय बराबर ९ लाख बढीको लागतमा काम सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV