१३ पुष २०७५, शुक्रबार
  • सन्तोष काफ्ले,

सुनसरी, १३ पुष । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिताकोरुपमा परिचित बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको २१ औं संस्करण माघ तेश्रो सातादेखि हुने भएको छ । बुढासुब्बा गोल्डकपको २१ औ संस्करण धरान १६ स्थित धरान रंगशालमा आगामी माघ २६ गतेदेखि हुने आयोजक धरान फुटबल क्लवले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

२०५५ सालदेखि निरन्तर हँुदै आएको गोल्डकपको २१ औ संस्करणमा दुई अन्तर्राष्ट्रिय , दुई मोफसलका क्लव र ४ राष्ट्रिय क्लवहरुको सहभागिता रहने एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए । गोल्डकपले दुइ दशक पार गरेसंगै पुरस्कार राशीमा समेत वृद्धि हुने भएको छ । २१ औ संस्करण विजेतालाई १० लाख र उप विजेतालाई ५ लाख नगद पुरस्कार राशी दिन तयारी रहेको क्लवका राइले वताए ।

अघिल्लो संस्करणमा विजेता टिमले ६ लाख र उप विजेता टिमले ३ लाख पाएका थिए । प्रतियोगिताका व्यक्तिगत पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ । व्यक्तिगत तर्फका उत्कृष्ट गोल रक्षक, डिफेन्डर मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २०÷२० हजार वाट बढाएर २५÷२५ हजार पुर्याइएको छ । सर्वाधिक गोलकर्ताले भने नगद ३० हजार पाउने छन् । प्रतियोगिताका उत्कृट खेलाडीले भने डिइयो स्कुटर पाउने छन् ।

प्रतियोगिताको २१ औ संस्करणमा अन्तर्राष्ट्रिय टिमकोरुपमा तेस्रो संस्करण विजेता धनमुण्डी क्लव वंगलादेश र भारतको आयल इण्डिया एफ सी, आसाम रहने छन् भने ए डिभिजन क्लवहरु मनाङ मस्र्याङ्दी काठमाडौं , साविक विजेता थ्रीस्टार क्लव काठमाडौ तथा साविक उप विजेता विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव रहने आयोजकले जनाएको छ । कुल ६० लाख २५ हजार अनुमानित खर्च हुने प्रतियोगिताको मुख्य प्रायोजन रेडवुल रहेको छ भने संयोजन धरान उपमहानगरपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV