१३ पुष २०७५, शुक्रबार
  • अमर काफ्ले

इनरुवा ।  नेपाली काँग्रेस सुनसरीको उपसभापतिमा इनरुवाका सञ्जय श्रेष्ठ मनोनित भएका छन् । लामो समयदेखि रिक्त रहेको सो पदमा श्रेष्ठलाई मनोनित गरिएको हो ।
जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको कार्यसमितिको बैठकले श्रेष्ठलाई नेपाली काग्रेस सुनसरीको उपसभापतिको पदमा मनोनित गरेको पार्टी सभापति समेत रहनु भएका प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले जानकारी दिनुभयो ।

कोइरालाका अनुसार नेपाली काँग्रेसको विधान अनुसार रिक्त रहेको उपसभापतिको पदमा पार्टीका तर्फबाट महाधिवेशन प्रतिनिधि समेत रहेका इनरुवा ९ बवियाका संजय श्रेष्ठलाई मनोनित गरिएको हो ।

नेपाली काँग्रेसको भातृ संगठन तरुण दल सुनसरीको संस्थापक सचिव समेत रहेका युवा नेता संजय श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन । श्रेष्ठ सुनसरी क्षेत्र नम्वर २ का संघीय सांसद सीताराम मेहताका स्वकिय सचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV