१३ पुष २०७५, शुक्रबार

गुलरिया । ओरेक नेपालको आर्थिक सहयोगमा गुलरिया नगरपालिका र बढैयाताल गाउँ पालिकामा बालबिवाह न्युनिकरण गर्नका लागि युवा महिला समूह गठन गर्न सुरु गरिएको छ । ओरेक नेपालले गुलरिया नगरपालिका र बढैयातल गाउपालिकामा युवा महिला समूह गठन गरेर बालबिवाह न्युनिकरणका लागि कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

समुहमा आबद्ध महिलाहरूले पछिल्लो समय गुलरिया नगरपालिकाको १२ नं वडामा बालबिवाह अत्याधिक मात्रामा बढेको भन्दै बालबिवाह न्युनिकरण गर्न माग गरेका छन् । ओरेक नेपालले ओयोजना गरेको स्थलगत निरीक्षणका क्रममा गुलरिया नगरपालिका वडा नं. १२ की युवा महिला समूह अध्यक्ष शान्ता बिकले पछिल्लो समय मोबाइल र समाजिक सञ्जालका कारण ११ नं वडामा बालबिवाह बढेको बताएकी छन् ।

कार्यक्रममा ओरेक नेपालकी कार्यक्रम संयोजक शर्मिला निरौलाले पछिल्लो समय बालिका पैरवी सञ्जाल कार्यक्रम अन्तर्गत गुलरिया र बढैयाततल गाउँपालिकामा १८ वटा युवा समूह गठन गरी लैङ्गिक हिंसा न्युनिकरण र बालबिवाह न्युनिकरणका लागि ग्रामिण स्तरमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV