१३ पुष २०७५, शुक्रबार

काठमाडौं । राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावलि २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो ।

नियमावलीमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संशोधन गर्न लागिएको हो । मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिल कुमारी रावल थापा (पार्वती),परशुराम मेघी गुरुङ, प्रमिला कुमारी,रामनारायण विडारी,विन्दा देवी आले(राना),वृषेशचन्द्र लाल र शेर बहादुर कुँवर सदस्य छन् ।

यस्तै, बैठकले राहदानी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । त्यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै राहदानी विधेयक चाँडो पारित गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV