१३ पुष २०७५, शुक्रबार
  • तारा आचार्य

विराटनगर । सरोकारवाला निकायहरुबीच समन्वय नहुँदा रानी विराटनगरदेखि सुनसरीको तरहरा सम्मको ६ लेन सडक खण्ड निर्माणमा ढिलाई भएको छ ।

संघीय सरकार अन्तर्गतको सडक भएपनि सरोकारवालाहरुबीच समन्वय गराउन एक नम्बर प्रदेश सरकारले चासो लिएको छ । एक नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मंत्रालयले सम्बन्धित सडक कार्यालय, खानेपानी, विद्युत र नेपाल टेलिकमका साथै निर्माण व्यवसायीहरु तथा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका प्रमुखहरुलाई एकै ठाँउमा भेला गराई सडक निर्माणमा देखिएको समस्या बारे छलफल र अन्तरक्रिया छलफल गराएको छ ।

सो कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले तोकिएको समयमा नै निर्माण सम्पन्न गराउन सबै निकायहरुलाई निर्देशन दिए । करिब ७ सय करोड रुपैयाँको लागतमा विराटनगरको रानी देखि तरहरा सम्मको साढे ३३ किलोमिटर सडक खण्डको विस्तार र कालोपत्रे गर्ने कार्य विभिन्न १३ प्याकेजमा भईरहेको छ ।

तर कहिले बजेट निकासा नभएको त कहिले बिजुली पोल सार्ने नाममा काममा ढिलाई हुने गरेको छ । यसैगरी ठेकेदारहरुले खानेपानीको पाइप नओछ्याइएको र राइट अफ वे खाली नभएको भन्दै निर्माण कार्यमा ढिलाई हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV