१३ पुष २०७५, शुक्रबार

काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले आउँछ भनेर मिति नताेक्ने बताएकी छन् ।

बिहीबार संसद्को विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले  मेलम्चीको पानी कहिले काठमाडाैं आउँछ भनेर मिति नताेक्ने बताएकी बताएकी हुन् । सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेका थिए ।

गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका थिए । तर त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।

उनले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजनाको काम गर्ने/नगर्नेबारे अझै निश्चित नभएको समेत बतइन् । ‘नयाँ वर्षका लागि ठेकेदार इटाली गएको छ, फर्केर आएपछि थप छलफल हुन्छ’ उनले भनिन्, ‘उसले काम गर्छु भनेर पत्र पठाएको छ, तर, गर्ने/नगर्नेबारे अहिले केही भन्न सकिँदैन।’ सीएमसीबाटै काम गर्ने अन्तिम प्रयास भने जारी रहने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV