१३ पुष २०७५, शुक्रबार

काठमाडाैं । काठमाडौंको बुढानिलकण्ठ हाइटस्थित ‘कृपाघर’ नामक पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारकाे अनुसार श्रुती गुरुङ सञ्चालक रहेको सो केन्द्रमा रहेका महिलाहरुलाई यातना दिने, दुर्व्यवहार गर्ने गरिएको भन्दै उजुरी परेको थियो ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा एक रसियन सहित ५१ जना महिलाको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । दुई बच्चा सहित केन्द्रमा रहेकी रसियन महिलाकाे भिजाकाे म्याद गुज्रिएकाे प्रहरीले जनाएकाे छ ।

पुनर्स्थापना केन्द्रकी सञ्चालक गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको छ । संचालकले केन्द्रमा बस्ने प्रति ब्यक्ति मासिक २५ हजार रूपैयाँ शुल्क लिने गरेकाे महाशाखाका डिएसपी हाेबिन्द्र बाेगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV