१२ पुष २०७५, बिहीबार

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बालात्कारपछि हत्या गर्ने व्यक्ति भनि कञ्चनपुरका प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले नियन्त्रमा लियो । योसँगै प्रहरीले निर्मला मर्डर मिस्ट्री सुल्झिएको भनि मिडियाबाजी समेत ग¥यो । प्रहरीको ब्रिफिङपछि सार्वजनि कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले निर्मलाका दोषी पत्ता लगिसेको र केही दिनमै सार्वजनिक गर्ने बताएका थिए । यती मात्र होईन मन्त्री पोखरेलले एक स्टेप अघि सर्दै कुनै राजनीति दल ती दोषीहरुको बचाउ गर्न आउन सक्ने बताए ।

उपप्रधामन्त्री पोखरेले यस्तै भनेका हप्तौ भइसक्यो । खै त बलात्कारपछि हत्या गर्ने व्यक्तिहरु ? प्रहरीले तर्सायो, धम्क्यायो, कुटपिट गरेर आरोप स्वीकार्न लगाएका प्रदीप रावल र विशाल चौधरी पनि रिहा भएका छन् । प्रहरीले यस अघि पनि मानसिक सन्तुलन ठीक नभएको भनिएका दिलिपसिंह विष्टलाई यसरीनै यातना दिई आरोप स्वीकार्न लगाएको थियो । तर कसैपनि डिएनए मैच खाएन ।

प्रहरीले रावललाई काठमाडौं र चौधरीलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएका थिए । दुवैलाई एकले अर्काको नाम बताएको भन्दै प्रहरीले दुवैलाई नियन्त्रणमा लिई यातना दिएका उनीहरु बताउँछन् । प्रहरीले बलात्कार र हत्यामा रावल र चौधरीको संलग्नता रहेको दाबी गर्दै पक्राउ गरेको थियो । यद्यपी पक्राउ परेका चौधरी घटना भएको दिन प्रहरी हिरासतमै रहेको खुलेपछि प्रहरीको चर्काे आलोचना भएको थियो ।

चौधरीलाई सुरुमा आरोप स्वीकारे प्रहरी बनाईदिने र दुई वर्षमा जेल मुक्त गरिदिने भनि फकाएको उनि बताउँछन् । तर आफुले नमानेपछि हत्कडी लगाएर मुख छोपेका प्रहरीले आफूलाई कुटपिट गरेको उनि बताउँछन । यस्तै प्रदिप रावललाई पनि सिआईबीमा राखी यातना दिएको उनी बताउछन् । रोमश गिरी र सुन्दर नेपाली नामका प्रहरीले अफुलाई तर्साई आरोप स्वीकार्न लगाउने र यातना दिने गरेको उनि बताउँछन् ।

कतिसम्म भने डरका कारण आरोप स्वीकारेका उनी प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालका सामू आफूलाई जबरजस्ती आरोप स्वीकार्र्न लगाएको बताउदा पनि खनालले आफूले सोधे ढुंगाले पनि साचो बोल्ने भन्दै तर्साएको उनी बताउँछन् । रावल र चौधरी साधारण तारेखमा छुटेसँगै घटनाको अनुसन्धानमा प्रहरी फेरी एकपटक चुकेको प्रष्ट हुन्छ । निर्मला प्रकरणमा यी दुवै जना छुटिइसकेपछि अब वास्तविक हत्यारा को हुन् भन्नेमा थप अन्यौलता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV