१२ पुष २०७५, बिहीबार

ज्योति कुमार पन्थि

कञ्चनपुर । गत साउन १० गते बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि सार्वजनिक गर्न मग गर्दै बर्दिया जिल्लाकी संयोजक १६ बर्षिया दीक्षा गिरिले बुधबार कञ्चचनपका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराएकी छन ।

बर्दिया जिल्लाबाट कञ्चनपुर पुगेर तीन पृष्ट लामो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारिलाई बुझाउदै दीक्षा गिरिले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु देशमा न्यायको खिल्लि उडाउनु आफु जस्ता किशोरीहरूले बुझेको बताउदै तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग समेत ज्ञापन पत्रमार्फत माग गरेकी छन् ।

गिरिले बुझाएकी ज्ञापनपत्रपछि प्रमुख जिल्ला अधिकारि तारानाथ अधिकारिले भने कुनै जवाफ दिन सकेनन । हत्यारा पत्ता लगाई कारबाहि माग गरि रहेका बेला बर्दिया जिल्लामा पनि पटक पटक त्यसको विरोधमा ज्ञापन पत्र बुझाईएको भए पनि आज गिरिले सञ्जाल मार्फत ज्ञापनपत्र बुझाईएको महिला संघ बर्दिया सभापति शुशिला गिरिले बताइन् ।

बर्दियाबाट ज्ञापनपत्र बुझाउन ओरेक नेपालबाट महिला अधिकारकर्मि सपना शर्मा, सामुदायिक प्रहरी बर्दिया अध्यक्ष मालति सोडारि, महिला सञ्जालकि बर्दिया सचिव दुर्गा सापकोटा, गुलरिया नगरपालिका कारणयपालिका सदस्य बिनिता देवकोटा लगायका ब्यक्तिहरूसहित सञ्चारकर्मीको टोलि बुधबार कञ्चनपुर पुगेको छ । कञ्चनपुर पुगेको टोलिले अनसनरत निर्मला पन्तका बाबू आमालाइ भेटेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV