१२ पुष २०७५, बिहीबार

काठमाडौं । बिहीबार शेयर बजारमा तिब्र उतारचढाव बीच परिसूचक नेप्से घटेको छ । बजारमा उच्च बृद्धि भएको मौकामा शेयर विक्री गरि नाफा सुरक्षित गर्न लगानीकर्ताले विक्रीचाप बढाएका छन् । जसले गर्दा कारोबार उच्च भएपनि परिसूचकमा गरावट आएको हो ।

सरकार शेयर बाजर प्रति सकारात्मक बन्दै नीतिगत लचकता अपनाएका कारण लगानीकर्ता उत्साहित भएका छन् । जसले गर्दा कारोबार रकम ९ महिना यताकै उच्च भएको छ । १ सय ७४ कम्पनीको १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तर बजारमा उच्च बृद्धि भएको मौकामा नाफा सुरक्षित गर्न लगानीकर्ताले शेयर विक्री बढाएका कारण तिब्र उतारचढावबीच नेप्से परिसूचक भने घटेको छ ।

नेप्से १ अंक ले घटेर १ हजार २ सय १५ अंक नजिक बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । बजारमा आकर्षक लाभांश दिने घोषणा गर्न लागेको हल्ला चलेका कारण नेपाल लाइफ इन्सुरन्सको शेयर १४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV