१२ पुष २०७५, बिहीबार
  • भगतराम थारु,

बाँके । बाँकेस्थित नेपाल–भारत सीमा नजिकै भारतले एकतर्फी सडक निर्माण गरेको पाइएको छ । संयुक्त सीमा अनुगमन र निरीक्षणका क्रममा भारतले नेपालगन्ज–१५को पिप्रहवा क्षेत्रस्थित दशगजा छेउमै तटबन्धजस्तो सडक विस्तार गरिरहेको भेटिएको हो ।

बाँकेको दक्षिणी सिमानामा पर्ने नरैनापुर नजिकैदेखि निर्माण गरिएको सडक कालोपत्रेसमेत गरिएको छ । नेपालगन्ज उपमहानगर–१५ को पिप्रहवा क्षेत्रमा भने धमाधम सडक बनिरहेको छ । भारतले सीमामा सडक बनाइरहेको भन्दै सर्वसाधारणले पहिले नै स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

तर, चासो नदिँदा निर्माणले निरन्तरता पाएको स्थानीयको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई साथमै लिएर अनुगमन गरेको नेपाली अधिकारीले निर्माणाधिन सडकबारे सुरक्षा अधिकारीसँग छलफल भइरहेको जनाएका छन् ।

भारतले बाँकेसँग सीमा जोडिएको ६५ किलोमिटरमा सडक निर्माण गरिरहेको छ । पूर्व कटकुइँयादेखि सुरु हुने सडक नेपालगन्जको सीमावर्ती क्षेत्रसम्म निर्माण गरिएको छ । तीन मिटर अग्लो तटबन्धजस्तो सडकका कारण बाँकेका सबै क्षेत्र डुबानमा पर्ने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV