१२ पुष २०७५, बिहीबार

काठमाडौं । प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित गुण्डा नाइके राजीव गुरुङ उर्फ (दीपक मनाङे) ले आफूलाई सपथ ग्रहण गराउन माग गरेका छन् ।

गुरुङले प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका हुन् । गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काका अनुसार मनाङेको निवेदन लिएर एक जना आएको थियो र निवेदन दर्ता भएको छ । उक्त निवेदनमाथि भने छलफल गर्न बाँकी रहेको खड्काले बताए ।

सपथ ग्रहणको समयमा मनाङे ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV