१२ पुष २०७५, बिहीबार
  • तारा आचार्य

विराटनगर । एक नम्बर प्रदेश सरकारले वृद्ध वृद्धाहरुलाई ई शिक्षा दिने भएको छ । पछिल्लो समय विज्ञान प्रविधिमा आएको परिवर्तन र पुरानो शिक्षाबाट मात्र निरक्षरता उन्मुलन हुन नसक्ने भएकाले पुराना पिढीलाई ई शिक्षा दिन लागिएको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

उहाँले ई शिक्षाका लागि एक नम्बर प्रदेशको १ सय वटा विद्यालयहरु छान्ने कार्य शुरु भईसकेको र विद्यार्थीहरुले ई शिक्षा विद्यालयमा लिने र उनीहरुले घर गएर आफ्ना बुवा आमा र हजुरबा हजुरआमालाई ई शिक्षा बारे पढाउने योजना रहेको बताउनु भयो । एक नम्बर प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा २७ प्रतिशत बजेट आफु मातहतका कार्यालयहरुलाई निकासा गरिसकेको छ ।

सामाजिक विकास मन्त्रालयलाई चालु आर्थिक वर्षका लागि ३ अरब ६८ करोड ८६ लाख रुपैया छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV