१२ पुष २०७५, बिहीबार

काठमाडौं । परराष्ट्र मन्त्रालयले इण्डोनेसियाका राष्ट्रपतिलाई पठाइएको शोक सन्देशमा गलत लेख्ने सरकारी अधिकारीलाई कारवाही गर्ने भएको छ ।

सरकारी अधिकारीले शोक सन्देशमा बधाई लेखेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति मार्फत सुनामीबाट क्षति पुगेको इण्डोनेसियाका राष्ट्रपतिलाई पठाइएको शोक सन्देशमा गलत लेखेपछि सरकारी अधिकारीलाई मन्त्रालयले कारवाही गर्ने भएको हो ।

मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै समवेदना लेख्दा त्रुटी गर्ने सम्बन्धित अधिकारीलाई स्पष्टीकरणसहित कारवाही गर्ने उल्लेख गरिएको छ । शोक सन्देशमा राष्ट्रपति भण्डारीकाे  त्रुटी नभई मन्त्रालयबट जारी विज्ञप्तिमा त्रुटी भएको समेत मन्त्रालयले स्ष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV