१२ पुष २०७५, बिहीबार

काठमाडौं, १२ पुष । नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यताका साथ मनाउने भएको छ । वि.सं. २०३३ साल पुष १६ गते वीपी कोइरालाका साथ स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा समेत उक्त दिनको अवसरमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै पार्टीका विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउने घोषणा सभापति शेरबहादुर देउवाले गर्नु भएको थियो । उक्त दिवसमा आमसभा, गोष्ठी, ¥याली, कोणसभा लगायतका प्रभावकारी कार्यक्रमहरु गरिने काँग्रेसले जनाएको छ ।

यसका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु समेत खटाएको छ । खटिएका केन्द्रीय प्रतिनिधिहरुमा ताप्लेजुङमा सुजाता परियार, पाँचथरमा डा. डिला संग्रौला, इलाममा महेन्द्र यादव, झापामा कृष्णप्रसाद सिटौला, संखुवासभामा मानबहादुर विश्वकर्मा रहनु भएको छ ।

यसैगरी तेह्रथुममा भीष्मराज आङ्दम्वे, भोजपुरमा अमृत अर्याल, धनकुटामा सरिता प्रसाई, मोरङमा डा. प्रकाशशरण महत, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा कल्याणकुमार गुरुङ, खोटाङमा केशवकुमार बुढाथोकी, ओखलढुंगामा बलबहादुर के.सी., उदयपुर आनन्दप्रसाद ढुंगाना हुनुहुन्छ ।

यसैगरी सप्तरीमा डा. मीनेन्द्र रिजाल, सिरहामा विमलेन्द्र निधि, दोलखामा किशोरसिंह राठौर, रामेछापमा किरण यादव, सिन्धुलीमा पुष्पा भुषाल, धनुषामा धनराज गुरुङ,महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा डा. शेखर कोइराला, रसुवामा शिवप्रसाद हुमागाँई, धादिङमा डा. रामशरण महत, नुवाकोटमा रमेश रिजाल, काठमाडौंमा शेरबहादुर देउवा, काठमाडौं संयोजनमा ध्यानगोविन्द रञ्जीत, भक्तपुरमा ईश्वरी न्यौपाने, ललितपुरमा उमाकान्त चौधरी, काभ्रेमा अर्जुननरसिंह के.सी., सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, मकवानपुरमा गुरूराज घिमिरे, रौतहटमा फर्मूल्लाह मंसुर, बारामा महालक्ष्मी उपाध्याय ‘डिना’, पर्सामा प्रकाशमान सिंह, चितवनमा ज्ञानेन्द्रबहादुर कार्की, गोरखामा रामचन्द्र पौडेल रहनु भएको छ । त्यसैगरी मनाङमा सीता गुरुङ, लम्जुङमा शंकर भण्डारी, कास्की मा पूर्णबहादुर खड्का, तनहुँमा कमला पन्त, स्याङजामा अर्जुनप्रसाद जोशी, गुल्मीमा रामकृष्ण यादव, पाल्पामा डा. नारायण खड्का, अर्घाखाँचीमा देवेन्द्रराज कँडेल,नवलपुरमा सुरेन्द्रराज पाण्डे, नवलपरासीमा दिलबहादुर घर्ती, रुपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाँण रहनु भएको छ ।

यस्तै मुस्ताङमा चित्रलेखा यादव, म्याग्दीमा जीवन परियार, बाग्लुङमा हरिप्रसाद नेपाल,पर्वतमा दीपक गिरी, रूकुम (पूर्व)मा बालकृष्ण पाण्डे, रूकुम (पश्चिम)मा शिला शर्मा खड्का, रोल्पामा बीरबहादुर बलायर, प्यूठानमा रत्ना शेरचन, सल्यानमा पार्वता डी.सी. चौधरी, दाङमा मोहनबहादुर बस्नेत, डोल्पामा जीवनबहादुर शाही, मुगुमा हसन अन्सारी, जुम्लामा गगनकुमार थापा, कालिकोटमा लक्ष्मी परियार, हुम्लामा बहादुर सिंह (लामा) तामाङ, जाजरकोटमा प्रदीप पौडेल, दैलेखमा गोविन्द भट्टराई, सुर्खेतमा श्यामकुमार घिमिरे, बाँकेमा मीन विश्वकर्मा, वर्दियामा डा. चन्द्र भण्डारी, बाजुरामा दीलेन्द्रप्रसाद बडू,अछाममा हृदयराम थानी, बझाङमा आनन्द (गोरख) विष्ट, डोटीमा नवीन्द्रराज जोशी, कैलालीमा रमेश लेखक, दार्चुलामा बद्रीप्रसाद पाण्डे, बैतडीमा अतहर कमाल मुसलमान, डडेल्धुरामा एन.पी. साउँद र कञ्चनपुरमा अजयकुमार चौरसियालाई खटाइएको नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV