१२ पुष २०७५, बिहीबार
  • अमर काफ्ले इनरुवा,

सुनसरी । तमु ल्होसारको बिदा कटौतीको विरोधमा सुनसरीका गुरुङ समुदायले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

तमू ह्यूल छोजं धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय तालिका अनुसार सुनसरीमा समेत धर्ना दिइएको हो । जिल्ला अध्यक्ष बकसमान गुरुङको अगुवाईमा इनरुवा पुगेको टोली प्रशासन हाताभित्र एक घण्टा धर्नामा बसेको थियो ।

जातीय पहिरनमा धर्नामा सहभागी गुरुङ अगुवा सहितको टोलीले तमु लोसारको बिदा कायम गरिनुपर्ने माग राखेका थिए ।यसअघि दिइदै आइएको बिदा कटौती गर्नुलाई जातीय विभेद भएको बताएका धर्नाकारीहरुले निर्णय अविलम्ब सच्याइनुपर्ने बताएका छन् ।

सुनसरीमा करिव ८ हजारको संख्यामा गुरुङ जातिको बसोवास रहेको छ । यस पटकको तमु ल्होसार पुष १५ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV