१२ पुष २०७५, बिहीबार

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग म्यानचेस्टर सिटी पराजित बनेको छ । म्यानचेस्टर सिटीलाई लेस्टरले २–१ ले हरायो ।

लेस्टरको मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले खेलको १४औं मिनेटमै अग्रता लिएपनि लेस्टरले घरेलु टिमले दुई गोल फर्कायो । बर्नाडो सिल्भाले सर्जियो एग्युरोको पासमा उत्कृष्ट गोल गरेका थिए । सिटीको त्यो गोल पाँच मिनेटभन्दा बढी टिक्न सकेन ।

पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलमा सिटीले ६५ प्रतिशतभन्दा बढी बल पोसेसन आफ्नो पक्षमा राखेको थियो । ८१औं मिनेटमा लेस्टरले अग्रता लियो । रिकार्डो परेराले डिबक्स लाइनबाट हानेको सशक्त प्रहार गोलमा परिणत भयो ।  म्यानचेस्टर सिटीले गोल फर्काउन सकेन र लेस्टारलाई तीन अंक छोड्न बाध्य भयो ।

यता, लिभरपुलले न्यू क्यासल युनाइटेलाई ४–० ले हरायो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले न्यूक्यासललाई हराउनका लागि डेजान लोभ्रेनले एघारौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । लिगको आधा खेल सकिँदा माउरिसियो पोचेटिन्होको टिम टोटनह्याम दोस्रो स्थानमा उक्लिन सफल भएको छ । सिटी हारेपछि टोटनह्याम एक अंक अघि रहँदै दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको ४५ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV