१२ पुष २०७५, बिहीबार

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ, नेपालसहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति निकाल्दै उक्त प्रतिष्ठानमा गरिएको नियुक्ति याेग्यता र सैद्धान्तिक आधारमा नभएको तथा राजनीति पहुँचका अाधारमा ‘भर्ती’ गरिएकाे आरोप लगाएका हुन् ।

सरकारले केही दिनअघि उक्त प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको थियो ।

Image may contain: 9 people, including Jivendra Deo Giri, people smiling, people standing and indoor
अध्यक्ष सहयात्रीले प्रष्तिठानमा संस्कृति नबुझेका व्यक्तिलाई नियुक्ति गरिएको जनाउँदै अब नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति गर्दा वैचारिक र सांस्कृतिक मूल्य मान्यताका आधारमा गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV