१२ पुष २०७५, बिहीबार

काठमाडाैँ । गत शनिबार इन्डाेनेसियामा ज्वालामुखीलगत्तै आएकाे सुनामी र आँधीका कारण धनजनका ठूलो क्षति पुगेको प्रति शाेक/समवेदना सन्देश जारी गर्दा परराष्ट्र मन्त्रालयबाट गम्भीर गल्ती भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश पठाएकाे भन्दै परराष्ट्रले जारी गरेकाे विज्ञप्तिमा सुनामीबाट थुप्रै जनता गुमाएकाेमा इन्डाेनेसियाली राष्ट्रपति जाकाे विडाेडाेलाई ‘बधाई’ लेखिएकाे थियाे । यथार्थमा त्यहाँ ‘समवेदना’ शब्द हुनुपर्ने हाे तर कर्मचारीहरुकाे चरम लापरबाहीले साे गल्ती हुन पुगेकाे ठहर गरिएकाे थियाे ।

याे गैरजिम्मेवारीकाे मिडिया र सामाजिक सञ्जालबाट चर्काे आलाेचना भएपछि परराष्ट्र मन्त्रालयले अर्काे विज्ञप्ती जारी गर्दै क्षमायाचना गरेकाे छ । समवेदना सन्देशमा असावधानीवश गल्ती हुन गएकाेमा ‘क्षमायाचना’ गरेकाे विज्ञप्तीमार्फत जनाइएकाे छ । साथै मन्त्रालयले गल्ती बाेध गरेपछि पूर्वविज्ञप्ती सच्याएर पुन: प्रेषित गरेकाे समेत जनाएकाे छ ।

क्षमायाचना-विज्ञप्ती

 

गल्ती भएकाे विज्ञप्ती

No automatic alt text available.

सच्याइएकाे विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

LIVE TV