११ पुष २०७५, बुधबार

काठमाडौं । सरकारले जनकपुर–जयनगर सञ्चालन हुने दुई वटा रेलका डिब्बा खरिदका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले डिजेल प्रविधिको दुई वटा रेल खरिद गर्न लागेको हो । रेलको स्वामित्व नेपालकै भएपनि जनशक्तिमा भने भारतको भर पर्नुपर्ने भएको छ ।

भारतको १० अर्ब रुपैयाँ सहयोगमा जनकपुर–जयनगरखण्डको रेलमार्ग निर्माण भइरहेको छ । गत मंशिरमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सचिव मधुसुदन अधिकारी नेतृत्वको टोलीले भारतीय पक्ष सँग दुई पक्षीय छलफल पश्चात रेल खरिद गरी सञ्चालन गर्ने तयारी स्वरुप रेल चल्नेछ । सरकारले एउटा रेलको ५० करोड रुपैयाँ बराबरको डेमो ट्रेन्सेट प्रविधिबाट चल्ने दुईवटा रेल किन्ने भएको हो । तर, नेपालसँग रेल सञ्चालनका लागि दक्ष जनशक्तिको भने अभाव छ ।

सरकारले आगामी डेढ वर्षभित्र नेपाली प्राविधिकलाई रेल चलाउन सक्नेगरी तालिम दिई सक्षम बनाउने योजना बनाएको छ । अबको तीन महिना भित्र रेल खरिद गर्ने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । जयनगरदेखि खजुरी सम्मको साढे ८ किलोमिटर खण्डको परीक्षण भने यसअघि नै भइसकेको छ ।

रेल नेपालकै भएपनि जनशक्तिसँगै वर्कशपमा भने भारतकै भर पर्नुपर्ने देखिन्छ । रेल सञ्चालनमा आएपछि इन्जिन र कोच सबैलाई वर्कशपमा लगेर दिनहुँ चेकजाँच गर्नुपर्ने भएकाले रेलवे सञ्चालनका लागि सरकारले थप तयारी गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV