११ पुष २०७५, बुधबार

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा बुधबार बसेको बैठकको सुरुमै सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र पढेर सुनाए लगत्तै अधिवेशनसुरु भएको हो ।

यो अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक १ सय ७४ वटा कानुन संशोधन गर्नुपर्ने दायित्व बोकेको छ । संबैधानिक व्यवस्था अनुसार फागुन २१ गते भित्र संविधानसंग बाँझिने सबै कानुनलाई संविधान अनुकुल बनाउनुको साथै आवश्यक नया कानुन बनाई संघीय संसदका दुवै सदनबाट पारित गरिसक्नुपर्ने छ ।

सरकारले कर फस्र्यौट आयोग ऐन खारेजी गर्ने र ५५ वटा कानुन संशोधन गर्ने सहित ५६ वटा कानुन संशोधनका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संघीय संसदमा दर्ता गराईसकेको छ । साथै संशोधन गर्नुपर्ने कानुन मध्ये ७ वटा विधेयक मन्त्रिपरिषद्को विधेयक शाखाबाट स्वीकृत भईसकेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV