११ पुष २०७५, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका – ३१ दिर्घशान्ति टोलबाट अवैध रुपमा खरिद बिक्रि गर्न ओसार पसार गरी ल्याएको जिवितै संरक्षित पंक्षी लाटोकोसेरो सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका बस्ने सर्लाही घर भएका ६१ वर्षीय रंगबहादुर ब्लोन र भोजपुर सडानन्द नगरपालिका(१२ बस्ने २१ वर्षीय नकुल तामाङ रहेका छन् । अवैध रुपमा संरक्षित पंक्षीको खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो र डिभिजन वन कार्यालय काठमाडौंबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त पंक्षी सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ दुवै जनालाई थप आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV