१० पुष २०७५, मंगलवार

कपिलवस्तु । कपिलवस्तु शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरीलाई पीडकसँग मिल्न गाँउपालिकाका अध्यक्षले नै दबाब दिएको खुलेको छ । गत पुष ७ गते शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ मदारगढकी २१ वर्षीया किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीको आरोप छ ।

छोरीको बलात्कार भएको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिन जाँदा शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले एक, दुई लाख रुपैया लिएर घटना मिलाउन दबाब दिएको पीडितका बाबुको भनाइ छ ।

पीडित परिवारलाई दबाब दिएको बिषयमा गाँउपालिका अध्यक्ष निसार अहमद खाँले समेत किशोरी अबिबाहित रहेकाले घटनालाई गाँउ ठाँउमै मिलाउन आफूले पहल गरेको स्वीकार गरे ।

प्रहरीले भने पीडित किशोरीको जाहेरीको आधारमा आरोपी सोलिन्दर अहिरलाई नियन्त्रणमा लिइ थप अनुशन्धान गरिरहेको जनाएको छ । गाँउघरमा हुने यस्ता अपराधमा जनप्रतिनिधिहरु नै पीडितलाई न्याय दिलाउन कानुनी कारवही तर्फ भन्दा गाँउघरमै मिलापत्र गराएर घटना ढाकछोप गर्न उद्धत हुने गरेका छन् । बलात्कार घटनासँगै घटना ढाकछोप गर्न खोज्ने माथि पनि अनुशन्धान हुनु पर्ने स्थानीएको माग छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV