१० पुष २०७५, मंगलवार

कैलाली । आजदेखि आठ दिनसम्म धनगढी विमानस्थल १२ घण्टाका लागि बन्द हुने भएको छ । धावन मार्ग मर्मत-सम्भारका लागि धनगढी बिमानस्थल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक ८ घण्टा बन्द गरिने भएको हो ।

धावनमार्ग मर्मत गरिने हुँदा सो समयका उडानहरु प्रभावित हुने नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ ।
बर्षायामको पानीले धावन मार्गमा क्षति पुगेकोले मर्मत-सम्भार गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेज बहादुर बुढथापाले बताए ।

यद्यपि बुद्ध एयरको रात्रीकालीन उडान भने यथावत रहने धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए । मर्मतका बेला रात्रीकालीन उडान भने प्रभावित नहुने भन्दै दैनिक दुई उडान गर्दै आएकोमा मर्मत अवधिभरि एउटा मात्रै उडान गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV