१० पुष २०७५, मंगलवार

मेक्सिको । मेक्सिकोको प्योब्ला राज्यकी गर्भनर मार्था एरिका अलोन्सोको विमान दुर्घटनामा मृत्यु भएको छ ।

अलोन्सोले केही दिनअघि मात्र गर्भनरको जिम्मेवारी सम्हालेकी थिइन् । उनका पति सिनेटर राफेल मोरिनो भेलीको पनि मृत्युभएको बीबीसीले जनाएको छ । प्योब्लाबाट विमान उड्नेक्रममा दुर्घटना भएको समाचारमा जनाइएको छ । ४५ वर्षीया अलोन्सो पहिलो महिला गर्भनर हुन् ।

उनी सेन्टर राइट प्यान पार्टीकी सदस्य रहेकी थिइन् । उनको दुर्घटनामा मृत्युभएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुल लोपेज ओब्राडोरले पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा दुई राजनीतिज्ञको मृत्युप्रति गहिरो समवेदना उल्लेख गरेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन छानविन थालिने राष्ट्रपति ओब्राडोरले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV