९ पुष २०७५, सोमबार
  •  ज्योति कुमार पन्थि

गुलरिया । बर्दिया जिल्लाको बिकासको मेरूदण्ड मानिएको हुलाकि सडक आयोजना निर्माण शुरू भएको एक दशक पछि कालोपत्रे शुरू भएको छ । गुलरिया मधुवन क्षेत्रको सडक कालोपत्रे गर्ने जिम्मेवारी गणपति ग्रुपले लिएको छ ।

हुलाकि सडक निर्माणा अयाेजनासँगै त्यसको गुणस्तरमा टीका टिप्पणी हुन थालेपछि सोमबार बर्दिया स्थित सरोकारवाला निकायहरूले निर्माणाधीन सडकको अनुगमन गरेका छन् । मधुपन नगरपालिकाको ८ नं बाट शुरू गरिएको सडक निर्माणको कालोपत्रे गर्ने काम गुणस्तरीय नभएको स्थानीयको गुनासो बढेका कारण आफुहरू अनुगमनमा आएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीले बताउनुभयो ।

बर्दिया बासिले एक दशक अघि मात्र सडक निर्माण हुने आशा गरेको भय पनि बल्ल आएर सडक कालोपत्रे शुरू भएको छ ।

पछिल्लो समय हुलाकि सडक निर्माणमा बिशेष चासोका साथ हेरिएको छ । सडक कालोपत्रे संगै सथानीयले गुनासो गरेका कारण अनुगमनमा गर्नुपरको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले बताउनु भयो । सडक निर्माणका क्रममा केही स्थानमा सडक पुन निर्माण गर्न जरूरी देखिएको र त्यसका बारेमा हुलाकि सडक आयोजना र ठेकेदार पक्षलाई जानकारी गराईएकोसमेत पमुख जिल्ला अधिकारी कुरूम्वाङले बताउनुभयो ।

धेरै लामो समय देखि निर्माण शुरू गरिएको हुलाकि सडक आयोजना निर्माण संगै स्थानीय बासिन्दाहरू खुसी देखिएको नेपाली कांग्रेस बर्दियाका सचिव जीवन मल्लले जानकारी दिनुभयो । जनताको चासोको बिषय बनेको हुलाकि सडक निर्माणमा सबैले ध्यान दिनु पर्ने भएकाले त्यसको अनुगमन गरिएको नेकपाका प्रतिनिधि आकाश शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV