९ पुष २०७५, सोमबार
  • रिया भण्डारी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कुर्सी खोसाखोस भएको छ अदालत बाट आदेश लिएर आएकी सचिब डा पुस्पा चौधरी र सरकार ले सरुवा गरेको सचिब केदार अधिकारी गरी मन्त्रालयमा दुइ सचिब भएपछी दुइ सचिबको कार्यकक्षको ब्यबस्थापन सोमबार भए पनि मंत्रीका सल्लाहकारले उपसचिवको कार्यकक्ष कब्जा गरेका छन् मन्त्रालयको कुर्सी खोसा खोस लफडा देखेर कर्मचारी अलमल्ल परेका छन् भने मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

मन्त्रलायमा सचिबको लागी भनेर एउटा मात्रै ब्यबस्थित कार्यकक्ष छ तर दुइ सचिब भएपछी दुवैलाई उत्तिकै ब्यबस्थित कार्यकक्ष र सहयोगी हरु उपलब्ध गराउन सम्भब छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयदेखि चल्दै आएको सचिवको विवाद अझै कायमै छ केही दिनदेखि सचिवको एउटै कार्यकक्षमा हानाथाप बस्दै आएका दुई सचिव केदारबहादुर अधिकारी र सरुवा भएर पनि सर्वोच्च अदालतको आदेशबाट पुनस् मन्त्रालय फर्किएकी सचिब डा पुष्पा चौधरीको बस्ने कोठाको व्यवस्थापन सोमबार भएको छ ।मन्त्रालयमा दुई जना नै सचिव रहने र उनीहरुको जिम्मेवारी बाँडफाड गरिने गरी ब्यबस्थापन गरिएको उपप्रधान तथा स्वास्थ्य मंत्रीका प्रमुख सल्लाहकार डा कृष्णकुमार राई ले बताएका छन् । कार्यकक्षको व्यवस्थापनसँगै दुवै कार्यकक्षमा नेमप्लेट समेत टाँसिएको छ ।

सोमबारबाट मन्त्रालयले सचिव चौधरीलाई पहिलाकै कार्यकक्षमा र अधिकारीलाई भने मन्त्रीका प्रमुख सल्लाहकार डा केके राई बस्ने कोठामा व्यवस्थापन गरिएको छ। कोठासँगै मन्त्रालयले सचिव डा चौधरीलाई स्वास्थ्यकै प्राविधिक र अधिकारीलाई जनसंख्या र प्रशासनको जिम्मा दिने योजना रहेको बताइएको छ । एउतै मन्त्रालयमा दुइ सचिबलाई जिम्मेवारी दिने की नदिने भन्ने निर्णय मन्त्रिपरिषद् को आगामी बैठकबाट गरिने छ ।अदालतको आदेशपछि मन्त्रालय फर्केकी सचिव डा चौधरीलाई मन्त्रालयको ब्यबस्थित सचिबको कक्ष व्यवस्थापन गरिए पनि हाल कुनै पनि जिम्मेवारी तोकिएको छैन। हालसम्म मन्त्रालयको सम्पूर्ण जिम्मेवारी सचिव अधिकारीलाई नै दिइएको छ ।

दुइ सचिवको कर्यकक्षको विवाद मन्त्रालयले समाधान गरे पनि सहसचिव र मन्त्रीका प्रमुख सल्लाहकारको कोठाका हकमा विवाद कायमै छ। सचिव केदारबहादुर अधिकारीलाई मन्त्रीका प्रमुख सल्लाहकार कृष्णकुमार राई बस्दै आएको कोठामा व्यवस्थापन गरेपछी सल्लाहकार राईले सहसचिव मधुसुदन बुर्लाकोटीको कोठा कब्जा गरेका छन्। जनसंख्या महाशाखा प्रमुख बुर्लाकोटी मन्त्रीका सल्लाहकारले कोठा कब्जा गरेपछि करिडोरमा आइपुगेका छन्। आम नागरिकको स्वास्थ्यको जिम्मा लिएको संबेदनसिल मन्त्रालय स्वास्थ्य मन्त्रालयको २ महिना देखीको सचिब लफडाले स्वास्थ्य मन्त्रालयको कामकाज प्रभाबित हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV