९ पुष २०७५, सोमबार

काठमाडौँ । अभिनेता दयाहाङ राईको अभिनय रहेको फिल्म ‘आप्पा’ ‘हावा सरर’ बोलको सर्वजनिक भएको छ ।

अनमोल गुरुङको निर्देशन रहेको आप्पा फिल्मको गीतमा राई ‘ड्राइभर दाई’ को भूमिकामा प्रस्तुत भएका छन् । गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर रहेको छ भने अनमोल गुरुङले संगीत भरेका छन् । उमेश उपमाको शब्द छ । योज्ना प्रधानले कोरियोग्राफी गरेका छन्। दयासँगै निर्देशक तथा कलाकार तुलसी घमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्मलाई रुदेनसदा लेप्चाले निर्माण गरेका हुन् । ‘आप्पा’ मा दया र तुलसीसँगै अरुणा कार्की, सिदार्थराज तामांग, अलोना कवो लेप्चा, सम्राट विश्वास, रिंकी लगायतको अभिनय छ । फिल्मलाई आगामी बर्षको जेठमा प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV