९ पुष २०७५, सोमबार

काठमाडौं, ९ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ । उहाँले धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस भने पार्टीभित्र चलेको बताउनुभयो । यद्धपि उहाँले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गर्नुभयो ।

नेता साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहासिक भएको र यसले देशैभरि एकताको सन्देश दिएको पनि दाबी गर्नुभयो । महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भीर प्रश्न उठेको पनि उहाँको भनाइ थियो । उहाँले आधाभन्दा बढि सदस्यहरुले धर्म निरपेक्षताबारे प्रश्न उठाउएको पनि बताउनुभयो । सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उहाँले राज्य आँफै नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको गम्भीर आरोप लगाउनुभयो । उहाँले कोरियाका विवादित व्यक्तिलाई बोलाउने काम यो सरकारले गरेको र सरकार आँफै सहभागी भएकोबारे काँग्रेसभित्र गम्भीर समीक्षा भएको पनि पनि जानकारी दिनुभयो ।

नेता साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको र यसप्रति पार्टीभित्र छलफल हुनेपनि बताउनुभयो । सरकार धर्म निरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेली भएको आरोप लगाउँदै उहाँले यो जघन्य अपराध भएको उल्लेख गर्नुभयो । फरक प्रसंगमा नेता साउदले वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको दावी गर्नुभयो ।

उहाँले सरकारले सुशासनको ठाउँमा कुशासन दिएको जिकिर गर्दै वाईडबडी जहाज प्रकरणलाई लिएर नेकपाभित्रै अहिले घम्साघम्सी चलिरहेको बताउनुभयो । साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १५० दिन बितिसक्दापनि अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन नसकेकोमा सरकारप्रति कडा आक्रोश समेत पोख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV