९ पुष २०७५, सोमबार
  • नारायण सुवेदी

सुस्ता, ९ मंसिर । गत वर्ष नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको गैडाहरु मध्ये एउटा गैडा गम्भीर अवस्थामा आज सुस्तामा आइपुगेको छ । सुस्ता आइपुगेको गैडाको टाउकोबाट रगत बगिरहेको छ । भारत विहारको भेडिहारी जंगलमा पटकपटक उक्त गैडा देखिदै आएको थियोे ।

सुस्ता तटबन्ध नजिक रहेको स्थानीयवासीको उखुबारीमा सो गैडा देखिएको सुस्ता बचाउ अभियानका सदस्य रबीन्द्र यादवले जानकारी दिए । अहिले सशस्त्र प्रहरी आउट पोष्ट, सुस्ता प्रहरी चौकी तथा स्थानीयले घाइते गैडालाई सुरक्षा दिइरहेका छन् । गैंडा देखेपछि आफूहरूले चितवन राष्ट्रिय निकुञ्जमा खबर गरेको सुस्ता बचाउ अभियानका आदम खांले बताए ।

बाढीले बगाएर भारतीय क्षेत्रमा पुगेका १० वटा गैंडा मध्ये ८ वटा गैंडा नेपाल फर्काएर चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV