९ पुष २०७५, सोमबार

काठमाडाैं । निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरिएको छ ।पाँच महिना बित्न लाग्दासमेत पन्तको हत्यारा पत्ता लाग्न नसकेपछि त्रिभूवन विश्वविद्यालयका विद्यार्थीले घटना अनुसन्धानमा सहयोगको आग्रहसहित आज संकलित करिव १५ हजार हस्ताक्षर ललितपुुरको पुल्चोकस्थित संयुक्तराष्ट्र संघको कार्यालयमा बुझाएका हुन ।

यसअघि उनीहरुले एक साता माईतीघर मण्डलामा हस्तक्षार संकलन गरेका थिए । निर्मलालाई न्याय दिन अन्तर्राष्ट्रिय समूदायको पहलका लागि हस्ताक्षर बुझाइएको अभियानकर्ताले बताएका छन् ।निर्मलाको हत्या अनुसन्धानमा राज्य नै असफल भएपछि अन्तर्राष्ट्रियकरण गर्न बाध्य भएको विद्यार्थीले बताएका छन् । यसअघि मंसिर दोस्रो साता महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेष दूत डुब्रभ्का सिमोनोभिचले पन्तको हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी थिइन ।

साउन १० गते बलात्कारपछि पन्तको हत्या गरिएको पुष्टि भएपनि अपराधी पत्ता लगाउन सकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV