
वासिङ्टन । सिरियामा सक्रिय जिहादी सून्नी समुदायको संगठन, स्लामिक स्टेट (आइएस) पराजित भएको भन्दै आफ्नो फौजलाई हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको सर्वत्र आलोचना भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ऐतिहासिक जितहरूपछि आफ्ना सैनिकहरूलाई घर फर्काउने बेला भएको बताएका थिए । उनको यस्ताे घोषणाले उनका कतिपय अधिकारीहरूसमेत आश्चर्यचकित पारेका छन् ।
उनको कदमले उनी निकट नेतादेखि ब्रिटेन लगायतका अमेरिकाका मित्र शक्तिलाई चकित पारिदिएको छ। अमेरिकाका मित्र शक्तिहरूले सिरियामा आइएसको खतरा अझै बाँकी रहेको बताएका छन्। ट्रम्पले लामो समयअघिनै सिरियाबाट आफ्नो फौज हटाउने प्रतिवद्धता व्यक्त गरेका थिए।
करीब २ हजारको संख्यामा रहेका अमेरिकी सैनिकहरूले आईएस् लडाकुहरूको पकड क्षेत्रबाहेकका उत्तर पूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समुहको कब्जाबाट अलग गर्न मद्दत गरेका थिए। अमेरिकी फौज फर्काइएपछि सिरियामात्र नभइ रुसी भूभाग र इरानसमेत प्रभावित बन्ने डर बढेको छ।
पेन्टागन र ह्वाइट हाउसले जारी गरेको बक्तव्यमा अमेरिकाले आफ्ना सैन्य फौजहरू अमेरिका फर्काउन थालेको र अभियानको अर्को चरणमा जाने तयारी भइरहेको उल्लेख छ। पेन्टागनले अर्को चरण बल सुरक्षा र परिचालन सुरक्षा कारणहरूको लागि हुने बताएको छ।
ट्रम्पको उक्त निर्णयले देशभित्र र बाहिर सव्रत्र आलोचना हुन थालेकाे हाेराष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै उनले आइएसआइएस पराजित भैसकेको दाबी गरेका गरेका थिए।
सम्बन्धित समाचार –
सिरियाबाट अमेरिकी सैनिक फर्किने, आइएसविरुद्धकाे लक्ष्य हासिल भएकाे दाबी